एमाले अध्यक्ष ओली आज झापा–इलाम आउँदै,जिल्ला कमिटीको बैठक देखि चुनावी सभालाई सम्बोधन गर्ने

विर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम क्षेत्र नं.–२ को निर्वाचनको अवस्था बुझ्न र आमसभालाई सम्बोधन गर्न आज त्यतातर्फ जाँदै हुनुहुन्छ ।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार आज ११ बजे भद्रपुर अवतरण गरेर उहाँ एमाले झापा जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्न सुरंगा आउनुहुने छ ।

सुरुंगा स्थित जेसिज हलमा एमालेले हालैसम्पन्न जिल्ला अधिवेशनपछिको पहिलो बैठक तय गरेको छ । बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली आजै इलामतर्फ लाग्नुहुनेछ ।

अध्यक्ष ओलीले आफ्नो फेसुबकमा उल्लेख गरे अनुसार आज एमालेका उम्मेद्वार सुहाङ नेम्वाङसँगै अध्यक्ष अध्यक्ष ओली इलाम बजारमा रहनु हुनेछ । भोली इलामको मंगलबारेमा आयोजना हुने वृह्त्त चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली दमक स्थित आफ्नो निवासमा फर्कने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिनुभयो ।

यस्तै, ६ गते गौरादह नगरपालिका ५ स्थित स्कूलचौनमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको कार्कीले बताउनुभयो ।

Back to top button