नेपाल र साउदी अरेबियाको खेल ८ ओभरको हुने

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरको हुने भएको छ ।

खेल निर्धारित समय मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरू हुनुपर्ने थियो । तर, मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब खेल दिउँसो २ः१५ मा सुरू हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

साउदी अरेबिया ३ खेलमा २ हार र एक जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना हुन्छ ।

Back to top button