विराटनगर रानी क्षेत्रमा धार्मिक र्‍यालीको विषयलाई लिएर उत्पन्न तनाव समान्य तर्फ : ५ प्रहरीसहित ८ जना घाईते

विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ सस्थाले निकालेको धार्मिक र्‍यालीको रूटको विषयलाई लिएर उत्पन्न तनाव सामान्य बन्दै गएको छ ।

र्‍यालीको रूट पहिलो पटक प्रयोग गर्न खोजेको भन्दै मुस्लिम समुदायले अवरोध गर्न खोजेपछी स्थिति तनाव उन्मुख भएको थियो ।

स्थितिलाई सामान्य बनाउन प्रहरीले अश्रु ग्यास प्रयोग गरेको छ । विराटनगर १५ बाट र्‍याली निकाल्दा मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

विराटनगर रानी १५ र १७ को सीमामा मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जना हुन नदिन प्रहरीले हस्तक्षेप गर्दा ढुङ्गामुढा समेत भएको थियो । सो क्रममा ५ जना प्रहरीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । प्रहरीले आधा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो ।

थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यलय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
अहिले स्थिति समान्यतर्फ उन्मुख भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button