एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरू हुने छ ।

नेपाल ‘ए’ को समूहको विजेता र युएई समूह ‘बी’ को उपविजेता हुन् । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो । टी–२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो । नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ ।

Back to top button