दीपेन्द्र र सन्दीप आउट भएसँगै संकटमा पर्‍यो नेपाल

काठमाडौं । प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपाल एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध संकटमा पुगेको छ ।

दीपेन्द्र स्पिनर आयन खानको १४ औं ओभरको दोस्रो बलमा ५ रनमा एलबीडब्लू आउट हुनुभएको हो ।

दीपेन्द्र उत्कृष्ट लयमा हुनुहुन्थ्यो । कतारविरुद्धै एकै ओभरमा ६ छक्का हाने उत्कृष्ट अन्त्य गर्दै आउनुभएको उहाँ आजको खेलमा भने चुक्नुभएको हो । यस्तै सन्दीप जोरा पनि अर्धशतक बनाएर आउट हुनुभएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ७७ रन बनाएको छ । सन्दीप जोरा ४९ र गुलशन झा १ रनमा क्रिजमा हुनुहुन्छ ।

Back to top button