सांसद खानद्वारा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ गराउनुभएको हो । सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।

जसपाबाट समानुपातिक सांसद बन्नुभएकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत हुनुभएको थियो । मञ्जुको पनि निधन भएपछि हसिना मनोनीत हुनुभएको हो ।

Back to top button