एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकः विभिन्न प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ।

हिजो पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज छलफल हुन लागेको हो। छलफलपछि आजै बैठक समापन गर्ने एमालेको तयारी छ।

हिजोको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको बताउनुभएको थियो ।

ललितपुरको गोदावरीमा २ हजार ४ सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने पार्टीको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

Back to top button