देशका केही भू–भागमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहान मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेशको तराई भू–भागका केही स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस र कोसी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

Back to top button