भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभयो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि काठमाडौं आउँदै हुनुहुन्छ ।

Back to top button