सरकारमा हुँदा गरेका कामले कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्टले सरकारमा भएका बेला राष्ट्र र जनताका जलबल्दा विषयलाई ध्यान दिएको बताउनुभएको छ । नेकपाको ७५ वर्ष पूरा भएको अवसरमा आज गोदावरीमा एमालेले आयोजना गरेको हीरक महोत्सवमा सम्बोधन गर्दै उहाँले सरकारमा हुँदा व्यवहारिक रुपमा कार्यन्वयन गरेर कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोषा बढाएको दाबी गर्नुभएको हो ।

उहाँले आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । वामपन्थी र गैह्रवामपन्थी दलभित्र आफ्नो पार्टीले लिएर विचार र सिद्धान्तमा विचलन आएको छ–छैन समीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कम्युनिष्ट पार्टी फुट र विभाजन पदका लागि,अवसरका लागि हो कि विचार र सिद्धान्तको आधारमा हो ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

देश विकासमा सबै राजनीतिक दल मिलेर अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपश्चात आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,‘जनताका चाहना अनुसार मदनको सपना साकार पार्न आफू राजनीतिमा आएको हुँ।’

यस्तै, कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, झलनाथ खनाल,डा.बाबुराम भट्टराई र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसमेत हुनुहुन्छ ।

Back to top button