पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ ।

आज नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोहमा उहाँलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सम्मान गर्नुभयो ।

यस्तै, भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति समेत हो । नेकपा एमालेको पूर्वउपाध्यक्षसमेत रहनुभएकी भण्डारी २०७२ साल कात्तिक १२ गतेदेखि २०७४ साल फागुन २९ गतेसम्म पहिलो कार्यकाल र २०७४ फागुन ३० देखि २०७९ फागुन २९ गतेसम्म दोस्रो कार्यकाल राष्ट्रपति बन्नुभएको थियो ।

Back to top button