देउवालाई ओलीको व्यंग्यः मेरो पुरानो मित्र घरीघरी जोशिनुहुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गर्नुभएको छ ।

आज नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले आयोजना गरेको हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाउनुभएको थियो ।

उहाँले भन्नुभएको थियो,‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ? कांग्रेसलाई गाली गरेर मात्रै हुँदैन ।’

त्यसको जवाफमा ओलीले व्यंग्यात्मक रुपमा भन्नुभयो,‘मेरा पुरानो मित्र हुनुहुन्छ घरीघरी अलि जोशिनुहुन्छ ।’

Back to top button