धनुषामा मोटरसाइकल दुर्घटना हुँदा सञ्चारकर्मी यादवको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजना सञ्चारकर्मीको मृत्यु भएको छ । मिथिला नगरपालिका–६ ढल्केवरस्थित जनकपुर–ढल्केवर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा रेडियो धनुषाधामका सञ्चालक समेत रहनुभएका धनुषाधाम नगरपालिका–५ का विनय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति ढल्केवरबाट जनकपुरतर्फ जाने क्रममा पत्रकार यादवको आफैंले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताउनुभयो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार उहाँका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादव भने घाइते हुनुहुन्छ । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको प्रहरी नायव उपरीक्षक अवाले बताउनुभयो ।

मृतक सञ्चारकर्मी यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Back to top button