कतारका राजा अमिरको स्वागतमा सिंगारियो काठमाडौं

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि आज साँझ नेपाल आउन लाग्नुभएको हो ।

उहाँको स्वागतका लागि काठमाडौं सिंगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक,चोकमा स्वागतद्वार,तुल ब्यानरका साथै दुवै देशको झण्डा राखिएको छ ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने,नयाँ बानेश्वर,माइतीघर,जमल,लैनचौर,त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइ गरिएको छ । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

Back to top button