काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते, ३ जनाको अवस्था गम्भीर

काभ्रे । काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०ः३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा ८ जना महिला र २ जना पुरुष सवार थिए । जसमध्ये ३ जना महिलाको अवस्था जटिल रहेको र अन्य ७ को अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

Back to top button