कर्णालीका मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि (बिहीबार) विश्वासको मत लिनुहुने भएको छ। विश्वासको मत लिनुभएपछि सरकारलाई विस्तार गर्ने हुनुभएको छ । विश्वासको मतका लागि मुख्यमन्त्री कँडेलले प्रदेश सभामा पत्र समेत पठाइसक्नुभएको छ ।

मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पठाएको पत्र दर्ता भइसेको प्रदेश सभा सचिवालयले जनाएको छ।

स्रोतका अनुसार मन्त्रालयका विषयमा पनि मोटामोटी सहमति भएको छ। मंगलबार भएको दुई दलबीचको वार्तापछि मन्त्रालयको भागबन्डाको विषयमा मोटामोटी सहमति भएको हो ।

यस्तै, मुख्यमन्त्रालय सहित आठ वटा मन्त्रालय रहेका कर्णाली प्रदेशकम नेकपा माओवादी केन्द्रले चार वटा मन्त्रालयले पाएको छ। जसमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा उर्जाविकास मन्त्रालय पाएको छ।

नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, भूमी, व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय लिने गरी मोटामोटी सहमति भएको स्रोतको दाबी छ।

Back to top button