सुहाङलाई बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनुपर्छ : माओवादी उपमहासचिव गजुरेल

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्बाङलाई इलामबाट जिताउनु पर्ने बताउनुभएको छ ।

आज नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनुपर्ने बताउनुभयो ।

उहाँले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको बताउनुभयो । ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं’, उहाँले भन्नुभयो,‘वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

उहाँले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वामपन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताउनुभयो । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै उहाँले सहाङ नेम्बाङको जीत भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अत्यधिक बहुमतले जिताएर वामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनुपर्छ । हिजो को–को बाटा गल्ती भयो? कमजोरीहरू के–के भए केलाउँला? तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।

Back to top button