वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । आज क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा,ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा,विवेक यादव र आकाश चन्द हुनुहुन्छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच शनिबारदेखि टी–२०आई शृंखला हुँदै छ । क्यानका अनुसार वैशाख १६ गते, वैशाख १९ गते , वैशाख २० गते र अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले घोषणा गरेका टोलीका अधिकांश सदस्यहरूले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।

Back to top button