विश्वासको मत माग्दै मुख्यमन्त्री कँडेलले भन्नुभयोः प्रश्न नआउने गरी काम गर्नेछु

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सुरू भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै कँडेलले प्रश्न नउठ्ने गरी आफुले काम गर्ने बताउनुभयोे ।

उहाँले भन्नुभयो,‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो। कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप होहलल्लाका लागि सबै माननीयले विश्वास गर्नुहुने छ।’

सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन् ।

Back to top button