इलाममा सर्वदलीय बैठक सुरू, केहीबेरपछी मतगणना सुरू हुने

विराटनगर । इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ ।

विहान ७ बजेकालागि बैठक बोलाइएपनी सबै दलका प्रतिनिधि उपस्थित हुन ढिला भएपछी सर्वदलीय बैठक करिब एकघण्टा पछि सुरु भएको हो ।

बैठकपछि मतगणना शुरु हुने छ । इलाम २ को निर्वाचनमा १२ जना दलका र ७ स्वतन्त्र गरि १९ जना उमेद्वार छ्न ।

निर्वाचन आयोगले गएरातीबाटै मतगणना शुरु गर्ने बताएपनि मतपेटिका संकलन गर्न ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो ।

इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।

Back to top button