इलाम उपनिर्वाचन: एमालेले कटायो ११ हजार मत, रास्वपाको भन्दा ७ गुणा बढी

विराटनगर । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिनुभएको छ । उहाँले मतान्तरसमेत बढाउँदै लग्नुभएको छ ।

नेम्वाङले २६ हजार ४ सय ३९ मत सदर हुँदा ११ हजार ९ मत ल्याउनुभएको हो । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ७ हजार २ सय ७५ मत ल्याउनुभएको छ खड्काभन्दा नेम्वाङ ३ हजार ७ सय ३४ मतले अघि हुनुहुन्छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ८ सय ७९ मत ल्याउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ५ सय ९ मत ल्याउनुभएको छ ।

शनिबार भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए ।

Back to top button