बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा हुँदैः २४ मतले सिंहभन्दा भण्डारी अघि

बझाङ । प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाउनुभएको हो ।

भण्डारीले १० हजार १ सय ४८ मत ल्याउँदा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १ सय २४ मत प्राप्त गर्नुभएको छ । तलकोट गाउँपालिका–५ को मतगणना हुँदा उहाँहरूबीच २४ मतको मात्रै अन्तर रहेको छ ।

उहाँहरूबीच कडा प्रतिष्पर्धा देखिएको छ । प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ ।

Back to top button