इलाममा एमालेका सुहाङ नेम्वाङ ४६८३ मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तर बनाउनुभएको छ ।

नेम्वाङले ३२ हजार १ सय ९४ मत गणना हुँदा १३,०६९ मत पाउनुभएको छ । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गर्नुभएको छ ।

निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याउनुभएको छ ।

Back to top button