इंगल्यान्डको सी टोलीसँग खेल्न नेपालको तयारी पूरा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इंगल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ ।

टिमले आज भद्रकालीस्थित नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो । वैशाख २४ गते इंगल्यान्डमा खेल हुने तालिका छ । खेलका लागि एन्फाले एक साता अघिदेखिमात्रै तयारी थालेको थियो । खेलका लागि नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ ।

टोलीमा गोलरक्षकका रूपमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत हुनुहुन्छ । त्यसैगरी रक्षापंक्तिमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ हुनुहुन्छ ।

मध्यपंक्तिमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की हुनुहुन्छ । त्यस्तै अञ्जन बिष्ट, दीनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट र राजेश परियारलाई समेटिएको छ ।

Back to top button