इलाम उपनिर्वाचन : १२ वटा वडाको मत गन्न बाकी हुँदा एमालेका नेम्वाङ ६,४३९ मतले अगाडी

विराटनगर । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणना अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा नेकपा एमालेका सुहाङ नेम्वाङले १९,११४ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका डम्बर कार्कीले भने १२,६७५ मत प्राप्त गर्नुभएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ ।

कांग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै हुनुहुन्छ । थेगिमले ९,४१० मत प्राप्त गर्नुभएको छ । चौथो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत प्राप्त गर्नुभएको छ ।

Back to top button