मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

मुस्ताङ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३–०१–००६ ख ६२२ नम्बरको बस आज बिहान दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । घाइते हुनेमा १४ पुरूष र ७ महिला छन् ।

बस ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकमै पल्टिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा बस हटाएर सडक सुचारु गरिएको हो ।

Back to top button