विजय सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली इलाममा

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आइपुग्नुभएको छ ।

इलाम–२ उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएको उपलक्ष्यमा नेकपा एमालले आज दिउँसो इलाम बजारमा विजय सभा गर्दै छ । सो विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम आइपुग्नु भएको हो । अब केही समयपछि उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको हो । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार ४ सय ५७ मत पाउँदा निर्वाचनमा चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नुभएको थियो ।

मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले ८ सय १६ मत प्राप्त गर्दा राजावादी पार्टी राप्रपाका उम्मेदवारलाई जम्मा ४ सय ८ मत मात्र प्राप्त भयो।

Back to top button