रास्वपाका मिलन लिम्बूद्वारा सुहाङ नेम्बाङलाई शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले नेकपा एमालेका विजयी उम्मेदवार सुहाङ नेम्बाङलाई भेटेरै बधाई तथा शुभकामना दिनुभएको छ ।

लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा बधाई तथा शुभकामना दिंदै गरेको तस्वीर राख्दै सो कुरा बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ,‘बधाई मित्र सुहाङ !’

उहाँ भन्नुहुन्छ,‘एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ। हाम्रो प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबीचको नभएर इलाम र इलामेली जनताको पक्षमा काम गर्ने सन्दर्भमा थियो । तपाईँको जित तपाई अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना !’

Back to top button