निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको परिणाम पेश गर्नुभएको हो ।

वैशाख १५ गते इलाम–२ प्रतिनिधिसभा सदस्य र बझाङ १ (१) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । निर्वाचनमा बझाङमा एमालेका दमन भण्डारी र इलाममा एमालेकै सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।

Back to top button