नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एलाई एक खेल अगावै शृंखला

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज एले शृंखला कब्जा गरेको छ । लगातर ३ खेल जित्दै वेस्ट इन्डिज एले १ खेल अगावै शृंखला जितेको हो ।

टियु क्रिकेट मैदानमा आज २१० रनको विजय लक्ष्य पाएको नेपाल १ बल अगावै अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्ता पौडेलले अर्धशतकसहित ८२ रन बनाउनुभयो । ४७ बल खेल्नुभएका उहाँले ७ चौका र ५ छक्का प्रहार गर्नुभयो ।

यस्तै, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले सामान १९–१९ रन बनाउनुभयो। त्यस्तै सोमपाल कामीले १०, कुशल मल्लले ४, कुशल भुर्तेलले १ रन बनाउँदै आशिफ शेख, प्रतिश जिसी र ललित राजबंशी शून्य रनमै आउट हुनुभयो। अविनाश बोहोराले अविजित १७ रन बनाउनुभयो ।

यसअघि नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछि नेपाल वेस्ट इन्डिज एसँग १० रन, ७६ रन र आज २८ रनले पराजित भएको हो। अन्तिम खेल शनिबार हुने छ ।

Back to top button