बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ । आज दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ हुनुभएको थियो ।

उहाँलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका अनुसार प्रेसर र पल्स एकदमै कमी भएपछि उहाँको स्वासप्रश्वासमा समस्या देखिएको थियो।

Back to top button