अर्थतन्त्र सुधार्ने नीति तथा कार्यक्रम आउने उद्योगी ब्यवसायीको विश्वास

विराटनगर । सरकारले जेठ १ गते प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम देशको अर्थतन्त्र सुधार्ने यहाँका उद्योगी ब्यबसायीले विश्वास ब्यक्त गरेका छन् ।

 

मोरङ उद्योग ब्यापार संघले आज आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले यस्तो विश्वास ब्यक्त गरेका हुन । आगामी नीति तथा कार्यक्रमका लागि आफ्नो तर्फबाट प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई सुझाव पेश गरेको जानकारी दिँदै संघका नव निर्वाचित अध्यक्ष अनुपम राठीले भन्नुभयो, ‘हामी नीति तथा कार्यक्रमलाई कुरिरहेका छौं ।’ अहिले देशको अर्थतन्त्र राम्रो नरहेको भन्दै निजी क्षेत्रले पनि चाहने मुलुकको समृद्दी, विकसित समाज नै हो भन्दै उहाँले यसकालागी अर्थतन्त्र बलियो हुनुपर्ने बताउनु भयो ।

 

संघको नव निर्वाचित ३४ औं कार्यसमिती र पत्रकार बिच भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष नवीन रिजालले अहिले देशको अर्थतन्त्र एकदमै नराम्रो अवस्थामा रहेको दैनिक तीन हजार भन्दा बढी विदेशिने क्रमले पुष्टि गर्ने बताउनु भयो । सरकार गम्भीर नबन्दा र राज्यको नीति सहि नभएकैले मानिसमा निराशा बढेर विदेशिने क्रम बढेको उहाँले बताउनु भयो । अहिले पनि १८ घण्टाको लोडसेडिङ उद्योगीहरूले खेप्नु परिरहेको भन्दै रिजालले बैंकले प्रीमियमका नाममा गर्ने कार्टेलिङ, इन्स्योरेन्सले गर्ने कार्टेलिङले समेत समस्या थोपरिरहेको बताउनुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले धन्यवाद मन्तब्य दिँदा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ अधिकारी, महासंघ मोरङ कार्यवहाक अध्यक्ष तारा आचार्य लगायतले विगतमा जस्तै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो।

 

Back to top button