ओरेकले गर्यो सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम 

विराटनगर : महिला पुनर्स्थापना केन्द्रले ( ओरेक ) विराटनगरका सञ्चारकर्मीहरूसँगको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज नेपाल पत्रकार महासंघको सभाहलमा ओरेकले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सवाल र सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रियामा बोल्दै ओरेककी मोरङ जिल्ला संयोजक सरस्वती दनुवारले ओरेकले महिलाका अधिकारहरूको पैरवी गर्दै आइरहेको बताउँदै महिलाका यौन तथा प्रजनन अधिकारलाई समाजले त्यती गम्भिर किसिमले सम्बोधन नगर्ने गरेको पाईएको बताउनु भएको थियो । दनुवारले महिलाको प्रजनन अधिकार सवालमा महिलानै निर्णयकर्ता रूपमा समाजमा स्थापित हुनुपर्ने बताउनु भएको थियो ।

त्यस्तै , अन्तरक्रियामा बोल्दै ओरेककी प्रमुख कार्यकारी अधिकृत सुनिता मैनालीले प्रजनन अधिकारको सवालमा निसन्तानपनाको समस्यालाई समाजले महिलालाईनै प्रताडना गर्ने गरिएको बताउनु भएको थियो । मैनालीले निसन्तानपनाको काेक महिला मात्र नभएर पुरूषपनि हुने गरेको तर समाजले समस्याको सम्पूर्ण कारक महिलालाई मात्रै ठान्ने अवस्था दुखद रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

पछिल्लो समयमा पुरूष महिलालो जीवनशैली , बदलिँदो हावापानी , खाद्यवस्तु , रोजगारको सिलसिलामा लामो समय सम्म विदेशमा रहनुपर्ने लगायत कारणले नेपालमा निसन्तानपनाको प्रमुख कारक हुने गरेको मैनालीले बताउनु भएको थियो । उहाँले सम्बन्धमा रहेका महिला र पुरूष दुवैको कारणले निसन्तानपनाको समस्या देखिने गरेकोले आधुनिक समयमा आधुनिक प्रविधिको सहयोगमा उपचार सम्भव भएकोले समस्याको प्रमुख कारण महिलालाई देखाउनु पछौटे समाजको चिन्तन भएको टिप्पणी गर्नु भएको थियो ।

 

Back to top button