विद्यार्थीको प्रमुख छान्न एभरेष्टमा निर्वाचन, प्रेम र अविज्ञा बने ‘प्रिफेक्ट’

विराटनगर । विद्यालय तहदेखि नै लोकतान्त्रिक विधि र प्रकृयाको अभ्यास गराउन विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको प्रमुख तथा उपप्रमुख चयनका लागि निर्वाचन गराएको छ ।

आम निर्वाचनमा जस्तो सम्पूर्ण प्रकृया पुरा गराएर आज सम्पन्न निर्वाचनले एक वर्षीय कार्यकालका लागि प्रमुख र उपप्रमुख निर्वाचित गरेको छ ।

आधारभूत र माध्यामिक दुई तहका लागि प्रमुख (प्रिफेक्ट) र उपप्रमुख ( डिपुटी प्रिफेक्ट) निर्वाचित भएका हुन् । प्रमुख र उपप्रमुखले विद्यार्थी र विद्यालयका बिचमा बसेर समन्वय गर्ने तथा विद्यार्थीको हकहितमा भूमिका खेल्नेछन् ।

आधारभूत तहमा प्रमुखमा कक्षा ८ की अविज्ञा घिमिरे निर्वाचित हुनुभयो भने उप प्रमुखमा पनि कक्षा ८ कै हर्षितप्रताप सिंह निर्वाचित हुनुभयो । ५ जना प्रतिष्पर्धिका बिच उहाँहरु निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका सहायक प्राचार्य नारायण कडरीयाले जानकारी दिनुभयो ।

यस्तै माध्यामिक तहमा ५ जना प्रतिष्पर्धि सबैभन्दा बढी मत ल्याएर प्रेम खतिवडा प्रिफेक्ट बन्दा ८ जना प्रतिष्पर्धिमा सबैभन्दा बढी मत ल्याएर आयुस्मा गिरी उपप्रमुख निवाचित हुनुभएको छ ।

प्रजातन्त्रको मूल्य मान्यता सिकाउँदै नेतृत्व विकास गराउनका लागि निर्वाचनका सबै प्रकृया पुरा गराइएको प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँले विद्यार्थीमा सहकार्य, समन्वय र प्रतिष्पर्धि बन्न अभिप्रेरित गर्ने तथा प्रतिष्पर्धामा हार र जितलाई स्वभाविक रुपमा लिन सिकाउने विश्वास ब्यक्त गर्नुभयो ।

Back to top button