मिल्सकप टि– २० क्रिकेट: आजदेखि सेमिफाइनल खेल हुँदै

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ ।

आजको पहिलो सेमिफाइनल खेलमा विराटनगरको वाइआरसीसी र एनबीएससी बिच प्रतिष्पर्धा हुने भएको छ ।
प्रतियोगितामा विराटनगरको वाइआरसिसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।

विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै दुवै टिम सेमिफाइनलमा पुगेको हो ।

विराटनगर जुटमिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो ।

विराटनगरका अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि वाइआरसिसीले जितेको छ । अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिनुुुभयो । उहाँले २० छक्का र ११ चौका हिर्काउनुुुभयो । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उहां रहनुुुभएको छ ।

जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट हुनुभयो । यसअघिको खेलमा उहाँले ३० बलमा सतक कटाउनु भएको थियो ।  त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिनुभयो ।

सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ –२ विकेट लिनुभयो । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिनुभयो ।

विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गहतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिनुभयो ।

पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित हुनुभयो ।

कटिहारले १९.१ ओभरमा सबै विकेट गुमाइ १६५ रन बनाएको हो । कटिहारका मयङ्कले १५ बलमा ३२ रन पारी खेल्दा करन कुमारले २७ बलमा ३१ रन बनाउनुभयो । एजमल राजले १४ रन, अभिषेक कुमारले ११ रन बनाउनुभयो  ।

दिल्लीका निरु र शिवम किशोरले समान ३–३ विकेट लिनुभयो । विकास र सन्दिपले समान २ –२ विकेट लिनुभयो ।

कटिहारले दिएको १६६ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले १८.५ ओभरमा सबै विकेट गुमाइ १३५ रन मात्रै बनायो । जसमा दिल्लीका सत्यजित राउतले ३१, विकास लोहीले २७ रन बनाउदा विराट कार्कीले २५ रनको योगदान दिनुभयो ।

कटिहारका कुलदिप आलमले ३.५ ओभरमा २० रन खर्चेर ५ विकेट लिनुभयो । कसिलो बलिङ गर्ने उनी प्लेर अफ द म्याच घोषित हुनुभयो । भानु आन्नदले ४ ओभरमा १९ रन खर्चेर ३ रन बनाउनुभयो ।

 

 

 

Back to top button