सहकारी प्रकरण सम्बन्धी संसदीय छानबिन समिती बनाउन सत्ता र प्रमुख प्रतिपक्षी सहमत

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहमत भएका छन् ।

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गर्नुभएको थियो। उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक मिसिनु भएको थियो ।

छलफलमा दुवै पक्ष बिच सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमति जुटेको हो । उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत शीर्ष नेताहरुले सहमति जनाएका छन् ।

कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनुहुनेछ । उक्त कार्यदलले आज टीओआर बनाउनेछ ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।

 

 

 

 

Back to top button