कानूनमन्त्री गिरी संयोजकत्वको कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक   कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनुभएको छ । बैठककै बीच नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीपनि बैठकमा सहभागी हुनुभएको छ । कार्यदलले आज कार्यादेश बनाउनेछ ।

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएपछि टीओआर बनाउन यो समितिलाई जिम्मा दिइएको हो ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।

Back to top button