प्रतिनिधिसभा बैठक २ बजे बस्ने

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन  गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आजको बैठक पनि सरेको छ ।

बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ ।
उक्त समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आज प्रतिनिधिसभाको बैठक बस्नेछ ।
  1. सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच हिजो साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन ।

Back to top button