एमालेको रुची वामपन्थी गठबन्धन हो, अहिले सरकारको विकल्प खोज्दैन : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ ।

आज प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा एमाले अहिलेको गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गरून्जेल एमालेले काँग्रेससँग सहकार्य नगर्ने बताउनुभयो ।

‘प्रधानमन्त्री प्रचण्डले न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गर्दासम्म हामी अहिलेको गठबन्धनको विकल्प खोज्दैनौं ’ उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘हाम्रो रूची वामपन्थीको सहकार्य नै हो ।’पत्रकार सम्मेलनमा पोखरेलले गृहमन्त्री रवि लामिछाने सहकारीका बारेमा सदनमा बोल्न पाउनुपर्ने समेत बताउनुभयो ।

‘रविले आफूमाथि लागेका आरोप बारे सदनमा बोल्न पाउनुपर्छ ।अनि रविका नाममा मात्रै होइन,सिंगो सहकारी समस्याका बारेमा छानविन गरिनुपर्छ ’महासचिव पोखरेलको भनाइ छ । महासचिव पोखरेलले आज दिउँसो एमाले दाङको १४औं जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

Back to top button