मिल्स टी-२० उपाधीका लागि होराइजन र वाईआरसीसी भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छन् ।

विराटनगर जुट मिलको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो ।

उपाधिको लागि उनीहरू मङ्गलवार दिउँसो १ बजे भिड्नेछन् । यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगिसेको छ ।

आजको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्‍यो । फाइनमा पुर्‍याउन होराइजनका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिङ गर्नुभयो । उहाँले अविजित ५३ बलमा ७५ रन बनाउनुभयो । ७ छक्का र ४ चौका लिनुभएका सन्तोष नै सर्वाधिक रन बनाएर प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

दीपेश कँडेलले १५ बलमा ३० रनको योगदान दिनुभयो । उहाँले २ छक्का र ३ चौका हान्नुभयो । सोनु अन्सारी र धिरेन शाक्यले समान १८–१८ रन बनाउनुभयो

कटिहारका भानु आनन्द र अशोक कुमारले समान २–२ विकेट लिँदा जित राजले १ विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो ।

कटिहारका करण कुमारले ३८ बलमा ७४ रन बनाएउनुभयो । उहाँले ८ छक्का र ४ चौका प्रहार गर्नुभयो । रसरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिनुभयो ।

होराइजनका सजन अन्सारी र श्रवण किस्कुले समान ३–३ विकेट लिनुभयो । अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट लिनुभयो ।

Back to top button