नेपाल हातेमालो मञ्चको कार्यसमिति पुर्नगठन

विराटनगर : सामाजिक क्षेत्रमा सक्रिय भई काम गर्दै आएको संस्था नेपाल हातेमालो मञ्च कार्यसमिति पुर्नगठन भएको छ । आज कटहरी स्थित जीवन विकास समाजको सभा हलमा एक कार्यक्रम गरि भवन गुरूङको नेतृत्वमा कार्यसमिति पुर्नगठन भएको हो ।

मञ्चको कार्यसमिति पुर्नगठन कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले मञ्चले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यहरूको प्रशंसा गर्दै मञ्चले अगामी दिनमा गर्ने कार्यहरूमा समेत आफ्नो सहयोग रहने बताउनु भयो । मण्डलले पुर्नगठित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

मञ्चले समाजका युवा, गरिब , असहाय क्षेत्रका व्यक्तीहरूलाई आपतविपत परेका बेला सहयोग गर्दै आएको छ ।

पुर्नगठित कार्यसमितिका अध्यक्षले पदभार ग्रहण गरेसँगै सामाजिक क्षेत्रमा सक्रिय युवाहरूसँग अन्तरक्रिया गर्दै आफ्नो नेतृत्वमा मञ्चले अझ सक्रिय साथ सामाजिक कार्यमा अग्रसरता साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

 

Back to top button