पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरूद्वारा आयोजित एक दिने वास्तुकला प्रदर्शनी सम्पन्न 

विराटनगर : पूर्वाञ्चल क्याम्पस धरानको वास्तुकला विभागका विद्यार्थीहरूको संस्था सोसाइटी अफ आर्किटेक्चर स्टुडेन्टमा आवद्ध विद्यार्थीहरूले आयोजना गरेको एक दिने प्रदर्शनी सम्पन्न भएको छ । सोसाइटीले धरानको भानु चोकमा विभिन्न थेसिस अन्तर्गतका मोडल , पेन्टिङहरूको प्रदर्शनी गर्दै ‘आर्किटेक्चर थेसिस मिनी एक्जीविसन २०८१ ‘ सम्पन्न गरेको हो ।

सोसाइटीका अध्यक्ष अमित पौडेलले प्रदर्शनीले जनमानसमा वास्तुकला , समाजमा वस्तुकलाको महत्व तथा सो सम्बन्धी जनचेतना फैलाउने उदेश्यसाथ कार्यक्रम गरेको बताउनु भएको थियो ।

क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सदस्य जीवन विष्टले प्रदर्शनीले स्थानिय व्यक्तीहरूमा वास्तुकलाको विषयमा जानकारी आदानप्रदान भएको र त्यसता कार्यक्रमले नेपाली वास्तुकलाको जगेर्नामा भूमिका खेल्ने बताउनु भएको थियो ।

अध्यक्ष पौडेलका अनुसार प्रदर्शनीमा झण्डै ७ सय भन्दा बढी स्थानियको सहभागिता रहेको थियो ।

 

Back to top button