इरानी राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

आइतबार हेलिकप्टर दुर्घटनामा पर्नुभएका उहाँको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ ।

उद्धारकर्मी आज बिहान घटनास्थल पुगेका थिए ।

Back to top button