सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

वीरेन्द्रनगर–७ कटकुवा नजिकै आज दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको बसमा सवार २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

Back to top button