चितवनमा टिपर र माइक्रो एकापसमा ठोक्किँदा १३ जना घाइते

भरतपुर । चितवनमा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका १३ जनामध्य २ जनाको अवस्था गम्भीर छ। घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र १ जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।

Back to top button