१६९ प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षक पदमा १६९ जनालाई बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी नायव उपनिरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढुवा सिफारिसको पहिलोमा अवरेनकुमार राय, दोस्रोमा सौगात कुँवर, तेस्रोमा मिलन जिसी र अन्तिम १६९ मा प्रेम सिंह भाट हुनुहुन्छ ।

pdf

Back to top button