राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र एजेन्डाबारे छलफल हुनेछ ।

उहाँले भन्नुभयो,‘बैठकमा देशको समसामयिक परिस्थितिको समीक्षा हुनेछ,साथै आगामी शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरुमाथि छलफल र एजेण्डा तय गरिनेछ।’

Back to top button