संसद् सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन अर्थमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको कामकारवाहीका लागि बजेटको कमि हुन नदिन आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारमा संसदका लागि आवश्यक पर्ने बजेटका विषयमा विषयगत समितिका सभापतिसहित अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्दै सभामुखले आगामी आर्थिक वर्षमा सचिवालयले प्रस्ताव गरेको बजेट नघटाउन आग्रह गर्नुभएको हो ।

उहाँले बजेट अभावका कारण समितिहरूको काम कारवाहीमा असर परेको भन्दै आगामी आर्थिक वर्षमा यसलाई विचार गर्न समेत आग्रह गर्नुभयो ।

छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा संसदको बजेटलाई कटौती हुन नदिने गरि अघि बढ्ने आश्वासन दिनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अव्दुल खानले जानकारी दिनुभयो ।

छलफलमा बजेटका अभावका कारण भइरहेको समस्याका बारेमा जानकारी गराउँदै समिति सभापतिहरूले संसदको कामकारवाहीलाई चुस्त दुरुस्त बनाउन बजेटको कमी हुन नदिन आग्रह गरेका थिए ।

Back to top button