कैलाश सिरोहियालाई तीनदिन हिरासतमा राख्ने अनुमति

जनकपुरधाम । नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले उहाँलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो ।

तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिनुभयो ।

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो पक्राउ गरेको थियो । उहाँलाई गएराति नै जनकपुर ल्याइएको थियो ।

Back to top button