सन्दीपले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने हुनुभएको छ । अमेरिकाले भिसा नदिएका कारण उहाँले विश्वकप गुमाउने हुनुभएको हो ।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिनुभएको छ ।

उहाँले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिनुभएको छ ।

विश्वकप खेल्न नपाएपछि उहाँले आफ्ना समर्थकहरूसँग माफी माग्नुभएको छ ।

यस्तै, बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।

Back to top button